नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको कालिकता सार्वजनिक - Chaitanya News
  • 2026-10-04
  • 11:38:48
  • आइतबार,आश्विन १८, २०८३
  • नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको कालिकता सार्वजनिक

    नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको कालिकता सार्वजनिक

    काठमाडौँ– नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको कालिकता सार्वजनिक भएको छ।

    वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टि–२० खेलको तालिका सार्वजनिक गरेको हो। नेपालले टि–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रूपमा वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो।

    नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ। दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ। सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ। वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो।