दूधको रकम भुक्तानी र रासायनिक मल सहज उपलब्ध गराउन एमालेका सचेतक बर्तौँलाको ध्यानाकर्षण - Chaitanya News
  • 2026-06-24
  • 11:49:35
  • बुधबार,आषाढ १०, २०८३
  • दूधको रकम भुक्तानी र रासायनिक मल सहज उपलब्ध गराउन एमालेका सचेतक बर्तौँलाको ध्यानाकर्षण

    दूधको रकम भुक्तानी र रासायनिक मल सहज उपलब्ध गराउन एमालेका सचेतक बर्तौँलाको ध्यानाकर्षण

    काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले दूध किसानको रकम भुक्तानी गर्न र रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

    आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै किसानको ५ अर्ब दूधको भुक्तानी गर्न बाँकी रहेको बताए।

    उनले भने, ‘कृषिमन्त्रीज्यू यहाँ हुनुहुन्छ किसानहरूलाई लामो समयदेखि दूधको मूल्य पाएका छैनन्। देशभर ५ अर्बभन्दा बढी दूधको मूल्य भुक्तानी गर्नुपर्नेछ। यो कृषिप्रधान देश हो म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु सरकारले बजेट निर्माण गर्दै छ। त्यसमा पनि सम्बोधन होस् र दूधको मूल्य भुक्तानी होस्, खेतीपातीको समय सुरु हुँदै छ। किसानहरूले रासायनिक मल पाउने कुरामा पनि सहजता छैन। बिचौलियाहरू हाबी भइरहेका छन्। त्यसको अन्त्य गरेर मल सहज रूपले पाउने व्यवस्था गरियोस्।’