समाजवादको आधार तयार पार्न नयाँ समीकरण थालेको प्रधानमन्त्री प्रचण्डको दाबी - Chaitanya News
  • 2026-07-10
  • 13:04:56
  • शुक्रबार,आषाढ २६, २०८३
  • समाजवादको आधार तयार पार्न नयाँ समीकरण थालेको प्रधानमन्त्री प्रचण्डको दाबी

    समाजवादको आधार तयार पार्न नयाँ समीकरण थालेको प्रधानमन्त्री प्रचण्डको दाबी

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान चुनौतीभित्र रहेर आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेको बताएका छन।

    आज (मंगलबार) समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सरकारी सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्तिमाथि प्रहार गरेको समेत बताए।

    उनले भने, ‘भ्रष्टाचारी र तस्करीको प्रवृत्तिलाई प्रहार गर्ने जमर्को मैले गरे। यहाँहरूलाई थाहा छ। अहिले जनताको आकाङ्क्षा पूरा गर्न जुन बेगको साथ जानुपर्थ्यो विगतको गठबन्धनबाट सम्भावना नदेखेपछि सरकारको पुनर्गठन गरेको हुँ। मैले समाजवादको आधार तयार पार्ने गरी अघि बढेको छु। मैले मेरो प्रधानमन्त्री पदको लागि यो कदम होइन, समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमानदार भएर गरेको हुँ। मैले केही जोखिम र चुनौती हुँदाहुँदै कदम चालेको छु। मेरो कदमले एक थरी वर्ग विक्षिप्त भएका छन्।’

    उनले थुप्रै चुनौतीका बीच यो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताए।

    उनले भने, ‘मैले आज बिहान पनि एमालेका अध्यक्षसँग पनि कुरा गरेको थिएँ। यहाँ सहभागिता आवश्यक हुन्छ त्यसको एउटा म्यासेज सन्देश हुन्छ देशभरिको लागि। उहाँ एमालेको तर्फबाट उपस्थिति भएर एउटा समावेशी सहभागितामूलक भयो। र संविधान र अहिलेको राजनीतिक परिस्थितिबारे छलफल भयो। यसको सार सबै देशभक्त र समाजवादी धाराका शक्तिहरू एक ठाउँमा केन्द्रित हुनुपर्छ भन्ने नै आजको साझा निष्कर्ष भयो।