एसएमएस फ्रेन्डशिप कप टी–२०: नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 10:42:30
  • आइतबार,जेठ २४, २०८३
  • एसएमएस फ्रेन्डशिप कप टी–२०: नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य

    एसएमएस फ्रेन्डशिप कप टी–२०: नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य

    काठमाडौँ– एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बरोडालाई १ सय ५७ रनको लक्ष्य दिएको छ।

    गुजरातको वापीमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो। नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए। यस्तै सन्दीप जोराले २९ रन बनाए। बलिङतर्फ बरोडका बाबा खानले २ विकेट लिए।

    टी–२० क्रिकेट शृङ्खलामा भोलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ। फाइनल खेल चैत २५ गते हुनेछ।