एसइई र प्लस टूपछि विदेश जाने जनशक्ति रोक्ने काम गर्न माग - Chaitanya News
  • 2026-06-24
  • 11:49:37
  • बुधबार,आषाढ १०, २०८३
  • एसइई र प्लस टूपछि विदेश जाने जनशक्ति रोक्ने काम गर्न माग

    एसइई र प्लस टूपछि विदेश जाने जनशक्ति रोक्ने काम गर्न माग

    काठमाडौँ– माओवादी केन्द्रकी सांसद नारायणी शर्माले स्कुल तहको पढाई सकेपछि युवाहरू विदेश पलायन हुने अवस्था रोक्न माग गरेकी छन्। आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले नेपालमै ए लेभल पढाई हुने कलेज खोलेर उनीहरूलाई नेपालमै रोजगारीको व्यवस्था गर्न माग गरेकी हुन्।

    उनले भनिन–‘अहिले एसइई परीक्षा चलिरहेको छ, प्रत्येक वर्ष एइई दिएपछिका युवा जनशक्ति विदेश पलायन भइरहेको छ। शिक्षाका नाममा विदेश पलायन हुने यो जनशक्ति रोक्नका लागि अमेरिका, क्यानडा, अस्ट्रेलियामा हुने ए लेभलका कलेज सञ्चालनको काम गर्न आवश्यक छ।

    यस्तै राज्यका विभिन्न निकायमा खुला प्रतिस्पर्धा गरेर न्यायालय, अख्तियार, संवैधानिक निकायमा काम गर्नका लागि युवाहरूले हासिल गरेको उच्च शिक्षाको सदुपयोग गर्नुपर्नेमा जोड दिइन्।