तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 05:27:15
  • मंगलबार,मंसिर ०२, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ कष्टकर यात्राका साथै मन कमजोर रहला । आँटेको काममा अवरोध आउनसक्छ ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला । अल्छीपना पनि बढ्ने छ ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज समस्या दर्साउँदा सुख दुःखमा साथ दिनेहरू भेटिने छन् । अरुलाई प्रभावित पारेर काम बन्ने छ । लाभदायी यात्रा पनि हुनेछ ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनु पर्नेछ । पारिवारिक समस्या पनि बढ्न सक्छ ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्च समेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहने छ ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । सांगीतिक क्षेत्रमा रुचि पनि बढ्ने छ ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहने छ ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।