तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट राख्दैन : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-06-24
  • 09:10:31
  • बुधबार,आषाढ १०, २०८३
  • तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट राख्दैन : प्रधानमन्त्री प्रचण्ड

    तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट राख्दैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोड रुपैयाँभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताएका छन्।

    आज (आइतबार) माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले भने, ‘तल्लो तहका सरकारलाई बलियो बनाउन साना आयोजनामा केन्द्रले बजेट राख्दैन। आगामी आर्थिक वर्षदेखि यो लागू हुन्छ।

    नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए। उनले भने, ‘प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिइसकेको छु।