नेपाललाई जितका लागि १४४ रन आवश्यक - Chaitanya News
  • 2026-10-03
  • 14:26:54
  • शनिबार,आश्विन १७, २०८३
  • नेपाललाई जितका लागि १४४ रन आवश्यक

    नेपाललाई जितका लागि १४४ रन आवश्यक

    काठमाडौँ– आयरल्यान्ड ‘ए’ ले शुक्रबार पहिलो टी–२० क्रिकेटमा दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ १० ओभरको खेल सकिँदासम्म तीन विकेट गुमाएर ७९ रन बनाएको छ।

    नेपालका लागि ओपनर ब्याट्सम्यान लोकेश बम ४९ रन बनाउँदै क्रिजमा छन्। उनले केवल ३६ बलमा तीन छक्का र पाँच चौका हिर्काएका छन्। आरिफ शेख भने एक रन बनाउँदै क्रिजमा छन्।

    नेपालका अर्का ओपनर ब्याट्सम्यान विनोद भण्डारी भने १६ रन बनाउँदै आउट भएका थिए। कप्तान भण्डारीले पेभेलियन फर्किनुअघि १४ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए। देव खनाल भने शून्य रनमै पेभेलियन फर्किए। अर्जुन घर्ती पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन्। नेपाललाई जितका लागि ६० बलमा एक सय ४४ रन चाहिएको छ।