इजरायल– संयुक्त राष्ट्र सङ्घको शीर्ष अदालतले बिना कुनै अवरोध गाजामा राहत सामग्री र औषधि जस्ता सामग्री पुर्याउन दिन इजरायललाई आदेश दिएको छ। इजरायलले बिना ढिलाई यसका लागि कदम उठाउनु पर्छ भनेर इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)ले भनेको छ। गाजामा केही हप्ताभित्र अनिकालको स्थिति उत्पन्न हुने चेतावनी आएपछि यो आदेश आएको हो। इजराययले भने राहत सामाग्री रोकेको आरोपको आधारहीन बताउँदै आएको छ।
गाजामा राहत प्रवाह बढाउन आफूहरूले अहिलेकै तरिकाको विस्तार गरिरहेको अनि नयाँ पहलहरुको प्रवर्द्धन पनि गरिरहेको इजरायलका विदेश मन्त्रीले अदालतको आदेशको प्रतिउत्तरमा भनेका थिए। गाजाको अहिलेको अवस्था र युद्ध छेडेको दोष हमासको भएको बताइएको छ।
आईसीजेको आदेश कानुनी रूपमा बाध्यकारी छ। तर अदालतसँग यो आदेश पालना गर्न लगाउने तागत भने छैन। गएको हप्ता एउटा प्रतिवेदनले गाजाका २२ लाद जनसंख्या चरम खाद्य असुरक्षाको खतरामा रहेको बताएको थियो। एजेन्सी