राजस्व विभागले गर्‍यो आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग - Chaitanya News
  • 2026-06-04
  • 00:24:40
  • बुधबार,जेठ २०, २०८३
  • राजस्व विभागले गर्‍यो आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग

    राजस्व विभागले गर्‍यो आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग

    काठमाडौँ– आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग गरेको छ। आर्थिक वर्ष २०८१–८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि राजस्व विभागले सरोकारवाला विज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो।

    आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (डीएसटी), ई कमर्समा लगाइने कर लगायत आर्थिक ऐन बमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरण सम्बन्धी सुझावहरु तोकिएको मिति र ठेगानामा पठाउन विभागले अनुरोध गरेको छ।

    इच्छुक व्यक्ति संस्था वा निकायले २०८० चैत्र ५ गतेसम्ममा विभागको कार्यालयमा सुझाव उपलब्ध गराई सक्नुपर्नेछ।