थप तीन महिनाका लागि भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्‍यो - Chaitanya News
  • 2026-11-16
  • 07:12:53
  • सोमबार,मंसिर ०१, २०८३
  • थप तीन महिनाका लागि भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्‍यो

    थप तीन महिनाका लागि भारतले दियो बिजुली आयात अनुमति, ‘लोडसेडिङ’को जोखिम टर्‍यो

    काठमाडौँ– थप तीन महिनाका लागि भारतले ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ। ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार आज भारतीय पक्षले ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको हो।

    यससँगै, नेपालमा डेढ महिनाका लागि हुने ‘लोडसेडिङ’को सम्भावित जोखिम टरेको छ। मन्त्रालयका प्रवक्ता नविनराज सिंहले भारतले आज ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको जानकारी दिए। उनले नेपाललाई डेढ महिनाका लागि मात्रै बिजुली चाहिने भएको समेत बताए।

    नेपालले १ वर्षका लागि बिजुली आयात गर्ने प्रस्ताव नवीकरण गर्न पठाएको थियो। तर भारतले ३ महिनाका लागि मात्रै गरेको हो । र यो पनि दिउँसोका समयका लागि मात्रै अनुमति प्रदान गरेको छ। डेढ महिनाको आपूर्ति व्यवस्थापन भएपछि भने नेपालको आफ्नै उत्पादन पर्याप्त मात्रामा सुरु हुन्छ।