धनगढी– सुदूरपश्चिमकी चेलि अमिसा कार्की २० वर्षकै उमेरमा पाइलट बन्ने भएकी छन्। सुदूरपश्चिम बाजुराको बुढीनन्दा नगरपालिका–७ पान्डुसैनकी कार्की सानै उमेरमा पाईलछ बन्ने भएकी हुन्।
गत मङ्सिरमा नेपाल छोडेर उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन्। उनले साउथ अफ्रिकामा हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ।
उनका बुवा मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए। उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न सकिने बताए।
उनका बुवाले भने अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन्। काठमाडौंबाट १२ पास (प्ल्सटु) पास गरेर साउथ अफ्रिका उडेकी थिइन्।
अमिसा मीनकी जेठी छोरी हुन्। मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन्। मीनको भने अमिसालाई डाक्टर बनाउने चाहना भएकोमा अमिसाकै इच्छाअनुसार पाइलट बनेको बुझिएको छ।
अमिसा हाल साउथ अफ्रिकामा छिन्
उनी बाजुराकै पहिलो महिला पाइलट भएको दाबी गरिएको छ। अहिले उनलाई बधाईको समेत ओइरो लागेको छ।
