कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने - Chaitanya News
  • 2026-07-23
  • 11:24:36
  • बिहिबार,साउन ०७, २०८३
  • कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने

    कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने

    काठमाडौँ– कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० सम्म कर्जा सुविधा सजिलै र तुरुन्तै लिन सक्ने भएका छन्। हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अब देखि सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको हो।

    मोबाइल बैंकिङ्क एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०.२५५ छुट पनि रहेको छ भने यस्तो प्रकारको कर्जा लिनको लागी कुनै पनि किसिमको कागजी प्रक्रियाहरू नहुने र मोबाइल बैंकिङ एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने ब्यहोरा बैंकले सार्वजनिक गरेको छ।

    निक्षेपकर्तालाई आवश्यकता परेका अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्दती निक्षेपलाई रद्द नगरी, मोबाइल बैंकिङ एपमार्फत सामान्य केही क्लिकहरू गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन्।