धनगढीमा रहेको गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर - Chaitanya News
  • 2026-05-04
  • 06:56:10
  • सोमबार,बैशाख २१, २०८३
  • धनगढीमा रहेको गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर

    धनगढीमा रहेको गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर

    धनगढी– कैलालीको धनगढीमा रहेको गेटा अस्पतालले विभिन्न पदमा रोजगारी खुलाएको छ। अस्पतालले करार सेवामा राख्नेगरी विभिन्न ६ पदका लागि २६ जनाका लागि रोजगारी खुला गरेको हो।

    अस्पतालले सबैन्दा धेरै स्टाफ नर्स १२ जनाका लागि आवेदन माग गरेको छ। त्यसपछि क्रमश हेल्थ असिस्टेन्ट ४, ल्याब टेक्निसियन ३, फार्मेसी सहयाक ३, रेडियोग्राफी सहायक ३ र फिजियोथेरापी सहयाक १ जना गरी २६ जनाका लागि रोजगारीको अवसर खुला गरेको हो।

    अस्पतालले इच्छुक उम्मेदवारले सम्बन्धित काउन्सिलमा दर्ता नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिसहित दरखास्त पेश गर्न भनेको छ।

    अस्पतालका लागि शिक्षा मन्त्रालयले भवन हस्तान्तरण गरेसँगै सेवा विस्तार भइरहेको छ। अस्पतालले करारमा जनशक्ति थप गर्दै थप सेवा विस्तार गर्दै अगाडि बढ्न खोजिरहेको छ।