काठमाडौँ– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग फुटबल र क्रिकेट संघको सम्पूर्ण विवरण मागेको छ।
मन्त्रालयले राखेपलाई पत्राचार गरेर संघको स्वीकृत विधान, कार्यरत पदाधिकारीको नाम, ठेगाना, सम्पर्क नम्बर र पदावधि, कार्यरत कर्मचारी, पछिल्लो ३ वर्षको प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदनलगायत विवरण मागेको हो।
क्रिकेट र फुटबलको विकासको लागि थप योजना, नीति तथा रणनीति तयार गर्न ११ वटा विवरण मागिएको मन्त्रालयले जनाएको छ।
![]()