मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आँटेको र ताकेको कार्य पुरा होला। पारिवारिक सद्भाव बढ्ने छ। व्यापार व्यवसायमा औसत लाभ हुनेछ। वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। जोश, जाँगर र हिम्मत बढ्ने छ। अरुको मन जित्न पनि सकिने छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगनशीलताले कामहरू अगाडि बढ्ने छन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ। शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ। भाग्यले विभिन्न अवसर जुराउने छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्ने छ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ। स्वास्थ्यमा सुधार आउला। आफन्तसँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ। तीर्थाटनको योग पनि छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज इच्छा र आकांक्षा पूर्ण हुन सक्छ। एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सोचेको आँटेको काममा फाइदा मिल्ने छ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णय कार्यान्वयन हुन सक्दैनन्। आफ्नो विचार विपरित निर्णय हुनेछ। नजिकका व्यक्तिबाट काममा बाधा आउला। आत्मबलमा कमी आउने छ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज स्वास्थ्यमा सुधार आउनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। न्यायिक कार्यमा सफलता मिल्ने छ। व्यापार, व्यवसायमा लाभ हुनेछ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनमा निराशा र शरीरमा आलस्य आउला। अनावश्यक ठाउँमा धन खर्च होला। प्रेममा मनमुटाव आउन सक्छ, तर सफल यात्राको योग छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज बन्धु बान्धवबाट सहयोग मिल्ने छ। कार्य क्षेत्रमा प्रगति हुनेछ। चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। बाहन सुख पनि मिल्ने छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। पुँजी बजार भने ठिकै रहला। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ।