काठमाडौँ– पाँच जना सहसचिवको सरुवा गरेको छ। गत (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।
अर्थ मन्त्रालयका दुई सहसचिवलाई बाहिर पठाउँदै तीन सहसचिवलाई अर्थ भित्र्याइएको छ। जसअनुसार महानिर्देश बराललाई वन तथा वातावरण मन्त्रालय र अर्जुन प्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
त्यसैगरी अर्थ भित्रिने सहसचिवहरूमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी भई हाल नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका ढुण्डी प्रसाद निरौला, वन तथा वातावरण मन्त्रालयका शिव लाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायण प्रसाद सापकोटा रहेका छन् र यससँगै अर्थले आन्तरिक महाशाखा मिलानको कार्य गर्दै छ ।