यस्तो छ आजको विदेशी मुद्राको मूल्य - Chaitanya News
  • 2026-06-03
  • 23:33:36
  • बुधबार,जेठ २०, २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको मूल्य

    यस्तो छ आजको विदेशी मुद्राको मूल्य

    काठमाडौँ– आज (सोमबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

    यस्तै,आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.८६ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.६२ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१६ रुपैयाँ रहेको छ।

    साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ।