काठमाडौँ– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
सोही क्रममा काठमाडौँको बसन्तपुर र न्युरोड क्षेत्रमा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ।
![]()