निर्वाचित भएपछि महामन्त्री थापाले भने : अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु - Chaitanya News
  • 2026-04-22
  • 10:42:13
  • बुधबार,बैशाख ०९, २०८३
  • निर्वाचित भएपछि महामन्त्री थापाले भने : अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु

    निर्वाचित भएपछि महामन्त्री थापाले भने : अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

    निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने,’संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु। मतदाताको मनमा के छ। मनको कुरा पनि व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ।’

    उनले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको बताए। ‘त्यो चालक कांग्रेसभित्रै छन्। यो बहस पार्टीभित्र पनि भइसकेको छ। कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ।