काठमाडौँ– आज (शनिबार)का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७७ रुपैयाँ रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.३७ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१९ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ।
![]()