तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 07:11:04
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। रमणीय र सुखद् यात्राको योग पनि छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउने छ। कार्य सम्पादनमा सहजता मिल्ने छ। व्यापार व्यवसायमा पनि सफलता पाइनेछ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइन्छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। आर्थिक कारोबारमा मन्दी आउने छ। मनमा दुबिधा उत्पन्न होला। सौन्दर्यतामा धन खर्च हुनेछ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ने छ। पेसा र व्यवसायबाट लाभ हुनेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउने छ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो मायाले सताउला, तर शेयर बजारको कारोबारमा लाभ मिल्ने छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ। रमणीय, सुखद् र धार्मिक यात्राको योग छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। मित्रबाट विशेष सहयोग मिल्ला। परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    आज घर व्यवहारमा झमेला आउनसक्छ। मनमा दुबिधा उत्पन्न हुनेछ। पारिवारिक समस्या आइपर्ला। विचार गरेर निर्णय लिनु उचित रहनेछ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज सफल यात्राको योग छ। कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्ने छ, तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ सचेत रहनुहोला।