राष्ट्रिय योजना आयोगमा चारजना सदस्य नियुक्त - Chaitanya News
  • 2026-11-18
  • 07:21:50
  • बुधबार,मंसिर ०३, २०८३
  • राष्ट्रिय योजना आयोगमा चारजना सदस्य नियुक्त

    राष्ट्रिय योजना आयोगमा चारजना सदस्य नियुक्त

    काठमाडौँ– राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त भएका छन्। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

    नयाँ सत्ता समीकरण बनेसँगै यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त थियो।