धनगढी उपमहानगरपालिका–५ शिवनगरमा रहेको चैतन्य पाठशालले धनगढी उपमहानगरपालिकाको हरित धनगढी (Green Clean Dhangadh)अभियानलाई रु. १,००००० रुँपया सहयोग गरेको छ।
शिक्षा र संस्कारको संगम मूल नाराका साथ संस्कार युक्त शिक्षालाई जोड दिदै आइरहेको चैतन्य पाठशालाले आज (बुधबार) धनगढी उपमहानगरपालिकाको हरित धनगढी अभियानलाइ सहयोगार्थ स्वरुप एक लाख सहयोग गरेको हो।

चैतन्य रिसर्च एन्ड डिभलपमेन्टका प्रमुख डा. हेमराज पन्तज्यूको उपस्थितिमा पाठशालाका अध्यक्ष श्री गणेश प्रसाद जोशीले धनगढि उपामहानगरका मेयर गोपल हमाललाई सो रकम हस्तान्तरण गरेका हुुन्।
