मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरुलाई प्रभावित पारेर काम बन्ने छ। चुनौती चिर्दै काम बनाउन सकिने छ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यापार व्यवसायमा लाभ मिल्ने छ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। नयाँ कार्यको थालनी हुनेछ। कूटनीतिक नियोगको सहयोग मिल्ने छ सफल यात्राको योग पनि छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ। राजनैतिक कार्यमा बाधा आउने छ। सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिने छ। मनोरञ्जनमा सहभागिता भइएला। प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्ने छ, तर जनताको गतिलो समर्थन मिल्ने छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शत्रुहरू किनारा लाग्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक कार्यमा सफलता मिल्ने छ। जोश, जाँगर र हिम्मत पनि बढ्ने छ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आजको प्रयत्न निष्फल जस्तै होला। अनावश्यक झमेलामा परिएला। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा पनि लिन सकिने छ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको थालनी हुन सक्छ। राजनैतिक कार्यमा सफलता मिल्ने छ। आम्दानी पनि प्रशस्तै बढ्न सक्छ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
आँटेको र ताकेको कार्य पुरा होला। सामाजिक सभा समारोहमा भाग लिनु पर्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ। नयाँ ज्ञान सिक्ने मौका छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मुद्दा मामिलामा विजयी भइनेछ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज विभिन्न अवसरले पछ्याउने छन्। नजिकको मित्रसँग भेटघाट हुनेछ। पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ।