सरकारलाई प्रमुख सचेतक प्रदीप यादवको प्रश्न: किसानलाई मल अभाव हुन नदिने योजना के छ? - Chaitanya News
  • 2026-06-03
  • 23:30:23
  • बुधबार,जेठ २०, २०८३
  • सरकारलाई प्रमुख सचेतक प्रदीप यादवको प्रश्न: किसानलाई मल अभाव हुन नदिने योजना के छ?

    सरकारलाई प्रमुख सचेतक प्रदीप यादवको प्रश्न: किसानलाई मल अभाव हुन नदिने योजना के छ?

    काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ? भनेर सरकारलाई प्रश्न गरेका छन्।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा जसपा सांसद यादवले मधेस प्रदेशमा सबैभन्दा ठूलो समस्याको रूपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन्।

    त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा कस्ता योजना ल्याउन लागेको हो भन्नेबारे संसद्लाई जानकारी दिन पनि यादवले आग्रह गरेका छन्। ‘मधेशको सबैभन्दा खतरानाक अवस्था रासायनिक मल हो। किसानको कुरा हामी गर्छौँ। चर्को भाषण गर्छौँ। सबै अर्थमन्त्रीहरूले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ। कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकीहाल्नुहुन्छ। बोल्नमा कोही पनि कम छैन। तर किसानले मल पाउँदै पाउँदैन, ‘यादवले सोधे, ‘के अर्थमन्त्रीजी यसपाली चाहिँ किसानलाई मलको व्यवस्था गरिदिनुहुन्छ रु त्यसको पनि किसानले नगदै पैसा दिन्छ। पैसा लिएर घुमिराखेको हुन्छ। तर पनि मल पाउँदैन।

    यादवले वितरणमुखी भन्दा पनि परिणाममुखी बजेट ल्याउनका लागि सरकारसँग आग्रह गरेका छन्।