प्रधान सेनापतिले गरे ५५ उप सेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान - Chaitanya News
  • 2026-11-18
  • 07:34:51
  • बुधबार,मंसिर ०३, २०८३
  • प्रधान सेनापतिले गरे ५५ उप सेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    प्रधान सेनापतिले गरे ५५ उप सेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्माले नव नियुक्त उप सेनानीहरूलाई पदोन्नति भएको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

    सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी २ जना र प्राविधिक उप सेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

    प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

    नेपाली सेनाका रथी वृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापति शर्माले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।