तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 07:34:54
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्ने छ। नयाँ कार्यको योजना बन्ने छ। शत्रुमाथि विजय मिल्ने समय छ। रमाइलो यात्राको योग पनि छ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    आज विद्या र बुद्धिको विकास हुनेछ। दाम्पत्य जीवन सुखमय रहला। नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ। विश्वास पात्रले काममा साथ दिनेछन्।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    प्राविधिक काममा सफलता प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ। चिन्ता छाडेर चिन्तन गर्ने समय छ। प्रेमीको सहयोग पनि प्राप्त हुनेछ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    रमणीय र सुखद् यात्राको योग छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज रमाइलो यात्राको योग रहेको छ। राजनैतिक कार्यमा सफलता मिल्ने छ। प्रेममा मधुरता छाउने छ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ। आफ्नो कार्य सम्पादनमा सहजता मिल्ने छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्ने छ। महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्ने छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज सानातिना समस्यामा अल्झनु पर्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। व्यापार व्यवसायमा पनि मन्दी आउन सक्छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    आज लक्ष्मी प्रसन्न हुने योग छ। सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ। प्राविधिक क्षेत्रमा रुचि बढ्ने छ। राज्यबाट मान सम्मान पनि पाइनेछ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ। सरकारी निकायको भय रहला। पुँजी बजारको लगानी कमजोर हुनसक्छ।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि
    वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ। व्यापार व्यवसायमा सफलता मिल्ने छ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    सौन्दर्यतामा धन खर्च हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ। यात्रामा मालसामान हराउन सक्छ।