मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यको चर्चा चल्ने छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वशिष्ठ व्यक्तिको साथ पाइनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
आज दैनिक कार्यमा सफलता पाइनेछ। राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ। प्रेम सम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगनशीलताले कामहरू अगाडि बढ्ने छन्। कुनै कुराले मनमा शान्ति छाउला। अचल सम्पत्तिको कारोबार हुनेछ। दाम्पत्य जीवन सुखमय रहने छ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
इनाम र प्रतिष्ठा कमाउने वेला छ। घरमा अतिथिको आगमन हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्ने छ, तर यात्राको क्रममा सचेत रहनु पर्छ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। स्वादिष्ट भोजन पाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। विपरीत वर्गप्रति आकर्षण बढ्ने छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ। सामाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। दैनिक कार्यमा प्रगति हुनेछ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आर्थिक कारोबारमा मन्दी आउने छ। घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तका बीचमा खटपट र शङ्का उब्जने छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउला।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। मङ्गल र शुभ कार्यमा सरिक भइनेछ। बजारको यात्रा पनि हुनेछ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लाभ–हानी, सुख–दुःख बराबरी मध्यम खालको दिन । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। सफल यात्राको योग पनि छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज शुभ कार्यमा सरिक भइनेछ। नयाँ बिजनेश प्लान बन्नेछ। आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात वा वाहनमा खर्च भने बढ्ने छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मनमा दुबिधा उत्पन्न हुनेछ। मानसिक चिन्ता बढ्ने छ। मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।