काठमाडौँ– स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ।
स्वास्थ्य बीमा बोर्डले गत मंगलबार (२९ पुस)मा निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यान्वयनका लागि पत्र लेखेको हो।
बोर्डका अनुसार १०० शय्यासम्मको अस्पतालले हप्तामा १ दिन, २०० शय्या सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरूमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्नेछ।
सरकारी स्वास्थ्य संस्था ९आधारभूत अस्पताल, प्रादेशिक अस्पताल०ले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने जनाएको छ।
![]()