विश्व उपभोक्ता अधिकार दिवसको निबन्ध प्रतियोगितामा धनगढीमा रहेको चैतन्य पाठशालाकी सुचना धामी प्रथम - Chaitanya News
  • 2026-05-25
  • 09:25:43
  • सोमबार,जेठ ११, २०८३
  • विश्व उपभोक्ता अधिकार दिवसको निबन्ध प्रतियोगितामा धनगढीमा रहेको चैतन्य पाठशालाकी सुचना धामी प्रथम

    विश्व उपभोक्ता अधिकार दिवसको निबन्ध प्रतियोगितामा धनगढीमा रहेको चैतन्य पाठशालाकी सुचना धामी प्रथम

    धनगढी– विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजना गरिएको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा धनगढी उपमहानगरपालिका–५ शिवनगरमा रहेको चैतन्य पाठशालमा अध्यनरत क्षात्रा सुचना धामी प्रथम भएकी छन्।

    चैत्र १ गते वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले उपभोक्ता अधिकार हामी सबैको सरोकार भन्ने शिर्षकमा आयोजना गरेको निबन्धमा प्रथम स्थान प्राप्त गर्दै पाठशालाकी धामीले नगद रु ५ हजार जितेकी हुन्।

    त्यस्तै मिलन इङलिस बोर्डिङ स्कुलकी कोपिला जोशी दोस्रो स्थान ग्रहण गर्न सफल भएकी छन्। उनले नगद रु ३ हजार प्राप्त गरिन्। यसैगरि सिटि स्कुलकी गिता साँउद तृतीय स्थान प्राप्त गर्न सफल भएकी छिन्। उनले नगद रु २ हजार प्राप्त गरिन्। आज धनगढीको आस्था होटेलमा एक कार्यक्रमका वीच विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।