धनगढीमा रहेको चैतन्य पाठशालाले नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिका सचिव तथा धनगढी एफएमका निर्देशक हरी जोशीलाई लाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरेको छ।
पाठशालाले गत (सोमवार) आयोजित २३ औं वार्षिकोत्सव समारोहमा पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरेको हो।
प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. तारा जोशी, बिशिष्ट अतिथि मदन पुरस्कार बिजेता महाकाव्यकार डा.नवराज लम्सालले कदर पत्र र दोसल्ला सहित पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरे।
यस्तै चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले पत्रकारिता तथा बिभिन्न सामाजिक संस्था मार्फत युवाहरुलाई उत्प्रेरित गरे वाफत पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरिएको बताए।
चैतन्य पाठशालाले वार्षिकोत्सव समारोहमा पत्रकार जोशी सहित समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको थियो।