संघीय निजामती सेवा विधेयक संसदमा पेस - Chaitanya News
  • 2026-11-18
  • 08:06:04
  • बुधबार,मंसिर ०३, २०८३
  • संघीय निजामती सेवा विधेयक संसदमा पेस

    संघीय निजामती सेवा विधेयक संसदमा पेस

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले वहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक, २०८० संसदमा पेश गरेका छन। मन्त्री भानुभक्त जोशीले आज (बिहीबार) प्रतिनिधिसभामा पेस गरेका हुन्।

    संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको थियो। नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेश गरेका हुन्।

    कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरूप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार पारेको हो।