अहिले मुलुकमा विश्वासको खडेरी छ - Chaitanya News
  • 2026-07-10
  • 19:20:25
  • शुक्रबार,आषाढ २६, २०८३
  • अहिले मुलुकमा विश्वासको खडेरी छ

    अहिले मुलुकमा विश्वासको खडेरी छ

    काठमाडौँ– नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको विश्वासको खडेरी रहेको बताएका छन्। आज (बुधवार) संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएका हुन्।।

    ‘सम्माननीय प्रधानमन्त्रीजी विश्वासको मतका लागि अपिल गर्नुभएको छ। राज्यको नेतृत्वप्रति रोटी, सुरक्षा र विश्वास नागरिकको अपेक्षामा हुन्छ। दुई वटा मात्र भए के भन्दा सुरक्षा र विश्वास राज्यले व्यवस्था गर् यो भने रोटीको प्रबन्ध नागरिकले आफैँले गर्छ। राज्यले केबल विश्वास मात्र दियो भने सुरक्षा र रोटीको व्यवस्था आफैँले गर्छ ,’ उनी भन्छन्।

    आज हाम्रो देशमा सबैभन्दा धरापमा यही विश्वास रहेको उनको भनाइ छ। ‘प्रशासनमा गएको नागरिक प्रशासकप्रति विश्वस्त भएर जाँदैन। केही आशङ्का बोकेर जान्छ। अस्पताल जाँदै गरेको नागरिक डाक्डरप्रति विश्वास नगरेर गइरहेको देखिन्छ। नागरिकलाई सबैप्रति विश्वास छैन,’ उनले भने।

    विश्वासको खडेरी परेका बेला वर्षमा तीनपटक प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा उभिँदा अचम्म लागेको बताए।

    ‘वर्षमा तीन पटक पाउनुहुन्छ । प्राप्त पनि गर्नुहुन्छ । जबकि यो देशमा सबैभन्दा बढी खडेरी विश्वासको परेको छ,’ उनी भन्छन्।