काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रवर्धन र विकास एवं नियमन सम्बन्धमा सुझाव सङ्कलन गर्न थालेको छ।
विद्युतीय अभिलेख, हस्ताक्षर सम्बन्धी मान्यता एवं सत्य र विश्वसनीय बनाउनका लागि विद्युतीय माध्यममार्फत सार्वजनिक सेवा दिने उद्देश्यसाथ सरकारले तयार पारको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदामाथि सुझाव माग गरेको हो। सार्वजनिक राय सुझावका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइटमा राखेर १५ दिनभित्र आवश्यक सुझाव उपलब्ध गराउन सबैका लागि खुला गरेको हो।
साइबर सुरक्षाका सन्दर्भमा उठेका प्रश्नको समाधान खोज्ने उद्देश्यसाथ विधेयकको मस्यौदा तयार गरेको मन्त्रालयले जनाएका छ। मन्त्रालयले आइतबार वेबसाइटमा राखेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा अध्ययन गरी सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सुझाव सुझाव उपलब्ध गराउन अनुरोध छ।