२०८१–८२ को बजेट निर्माणबारे राजस्व परामर्श समितिले काम थाल्यो, राजस्वबारे सुझाव माग - Chaitanya News
  • 2026-06-03
  • 22:40:12
  • बुधबार,जेठ २०, २०८३
  • २०८१–८२ को बजेट निर्माणबारे राजस्व परामर्श समितिले काम थाल्यो, राजस्वबारे सुझाव माग

    २०८१–८२ को बजेट निर्माणबारे राजस्व परामर्श समितिले काम थाल्यो, राजस्वबारे सुझाव माग

    काठमाडौँ– आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेट निर्माण प्रक्रिया अन्तर्गत राजस्व परामर्श समितिले काम थालेको छ।

    यस अन्तर्गतको आन्तरिक राजस्व उपसमितिले आगामी आवमा आन्तरिक कर तथा अन्य कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरणबारे सुझाव पठाउन भनेको छ।

    यस्तो सुझाव ५ चैत २०८० भित्र आन्तरिक राजस्व विभागको नीति विश्लेषण शाखा, लाजिम्पाटमा पठाउन भनिएको छ।

    आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर, इकमर्सजस्ता करमा सुझाव दिन उपसमितिले आह्वान गरेको हो।

    सरकारले आगामी आवको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा सार्वजनिक गरिसकेको छ।

    राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले सिलिङ तय गर्दै बजेट निर्माणको मार्गदर्शन समेत जारी गरिसकेका छन्।