काठमाडौँ– परराष्ट्र सचिव सेवा लम्सालले दक्षिण एसियाली क्षेत्रमा विशेषगरी जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा थप सहकार्यको नीतिगत पहल आवश्यक रहेको बताएकी छन्। भारतको पुनेमा भइरहेको आठौँ एसिया इकोनोमिक डाइलग–२०२४ मा बोल्दै सचिव लम्सालले उद्घाटन सत्रमा यस्तो बताएकी हुन्।
एसिया इकोनोमिक डाइलग भारतको विदेश मन्त्रालय र पुने इन्टरनेशनल सेन्टरद्धारा वार्षिक रूपमा आयोजना हुँदै आएको बहुपक्षीय सम्मेलन हो। विभिन्न मुलुकहरूमा उक्त सम्मेलनमा सहभागिता जनाउने छन्।
उद्घाटन सत्रको पहिलो सत्रमा भारतका विदेश सचिव विनयमोहन क्वात्रा र बंगलादेशका विदेश सचिव मसुद बिन मोमेन पनि थिए। उक्त सत्रको छलफलको विषय नै दक्षिण एसियामा आर्थिक एकीकृत गर्ने सम्बन्धमा थियो।
भारत भ्रमणमा गएकी परराष्ट्र सचिव लम्सालले पुने जानु घि नयाँ दिल्लीमा विदेशमन्त्री एस। जयशंकर र विदेश सचिव क्वात्रासँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेकी छन्।