नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने - Chaitanya News
  • 2026-06-01
  • 13:29:23
  • सोमबार,जेठ १८, २०८३
  • नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ। बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो।

    कूल निक्षेप मध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड १० लाख विकास बैंक र ७० लाख रुपैयाँ ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा राख्न चाहेको केन्द्रीय बैंकले जनाएको छ।

    इच्छुक बैंक तथा वित्त कम्पनीले २०८० फागुन १८ गतेभित्र आवेदन दिनुपर्नेछ।

    २०८० चैत २ गतेदेखि राखिने निक्षेप २०८१ चैत १ गतेसम्म कूल ३६६ दिन मुद्दती राखिने बैंकले जनाएको छ।