धरानमा विमानस्थल बनाउन सम्भव नरहेको प्राधिकरणको निष्कर्ष - Chaitanya News
  • 2026-06-01
  • 13:29:54
  • सोमबार,जेठ १८, २०८३
  • धरानमा विमानस्थल बनाउन सम्भव नरहेको प्राधिकरणको निष्कर्ष

    धरानमा विमानस्थल बनाउन सम्भव नरहेको प्राधिकरणको निष्कर्ष

    काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको बताएको छ।

    सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययन समितिले सो निष्कर्ष निकालेको हो।

    ‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था छ। सो क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ।