प्रतिनिधि सभाको बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेस - Chaitanya News
  • 2026-07-17
  • 09:48:39
  • शुक्रबार,साउन ०१, २०८३
  • प्रतिनिधि सभाको बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेस

    प्रतिनिधि सभाको बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेस

    काठमाडौँ– प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१–८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन्।

    आज बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन्।

    सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्‍मा पेस गरेको हो। बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गरेको भएपनि चुनौतीपूर्ण अझै रहेको बताए।