दूध उत्पादक किसानको समस्या समाधान नभए संसद् अवरोध गछौं : राप्रपा - Chaitanya News
  • 2026-06-01
  • 13:29:22
  • सोमबार,जेठ १८, २०८३
  • दूध उत्पादक किसानको समस्या समाधान नभए संसद् अवरोध गछौं : राप्रपा

    दूध उत्पादक किसानको समस्या समाधान नभए संसद् अवरोध गछौं : राप्रपा

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् अवरोध गर्ने बताएका छन। आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले बालकुमारी घटना प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरे।

    उनले भने, ‘लघुवित्त र दूध किसानको समस्या समाधान गर्नुपर्छ। अब पनि हामी आवाज उठाएर टुलुटुलु हेरेर बस्न सक्दैनौँ। म लामो कुरा भन्दिनँ। मिटरब्याज, लघुवित्त र दूध उत्पादक किसानको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन नगरे हामी संसद् अवरोध गर्छौँ।’

    उनले संख्या कम भएको भएर संसदबाट निकालिए संसद् र सडक दुवैतर्फ उभिन तयार रहेको बताए।