साढे तीन महिनाको अवधिमा नेपाली बजारमा कुन खाद्यवस्तुको मूल्य कति बढ्यो?, कति घट्यो? - Chaitanya News
  • 2026-05-24
  • 22:13:28
  • आइतबार,जेठ १०, २०८३
  • साढे तीन महिनाको अवधिमा नेपाली बजारमा कुन खाद्यवस्तुको मूल्य कति बढ्यो?, कति घट्यो?

    साढे तीन महिनाको अवधिमा नेपाली बजारमा कुन खाद्यवस्तुको मूल्य कति बढ्यो?, कति घट्यो?

    काठमाडौँ– साढे तीन महिनाको अवधिमा नेपाली बजारमा केही खाद्यवस्तुको मूल्य बढेको छ भने केहीको मूल्य घटेको समेत पाइएको छ। गत कार्तिक १५ गते र फागुन १ गतेको बजारमूल्य तुलना गर्दा चामल, दाल, तेल, मसला लगायतको मूल्य वृद्धि भएको हो। यस्तै मुसुरो, मुंगको गेडा, काँचो तोरीको तेल, जिरा पाउडर लगायतका वस्तुको मूल्य घटेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ।

    गत कार्तिक १५ मा ९० रुपैयाँ प्रतिकिलो पर्ने स्टिम जिरा मसिना चामलको मूल्य फागुन १ मा ८ रुपैयाँले वृद्धि भएर ९८ रुपैयाँ प्रतिकिलो पुगेको छ। सोही अवधिमा १७५ रुपैयाँ प्रतिकिलो पर्ने मुंग खोस्टाको मूल्य ५ रुपैयाँले वृद्धि भएर १८० पुगेको संघले जनाएको छ।

    यस्तै, भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि भएको छ। गत कार्तिकमा ३५० रुपैयाँ प्रतिलिटर पर्ने सो तेल हाल लिटरको ३७० रुपैयाँ पुगेको छ। भटमासको तेल १९५ रुपैयाँबाट वृद्धि भएर २०५ रुपैयाँ पुगेको छ। यस्तै प्रतिलिटर २०० रुपैयाँ पर्ने सन फ्लावर तेलको मूल्य ५ रुपैयाँले बढेर २०५ पुगेको छ।

    नेपालमा कति हुन्छ तरकारी उत्पादन?
    गत कार्तिकमा प्रतिकिलो ३७५ रुपैयाँ रहेको धनियाँ पाउडरको मूल्य २५ रुपैयाँले बढेर ४०० प्रतिकिलो पुगेको छ। यस्तै १५० रुपैयाँ पर्ने सेतो केराउको मूल्य १० रुपैयाँले बढेर प्रतिकिलो १६० रुपैयाँ पुगेको छ। प्रतिकिलो २४० रुपैयाँ पर्ने राजमाको मूल्य १० रुपैयाँले वृद्धि भएर २५० पुगेको छ।

    कैलो तिलको मूल्य कार्तिक १५ मा प्रतिकिलो ३५० रहेकोमा १० रुपैयाँले वृद्धि भएर फागुन १ मा ३६० रुपैयाँ प्रतिकिलो पुगेको संघले जनाएको छ। ५५ रुपैयाँ प्रतिकिलो पर्ने मकैको मूल्य १० रुपैयाँले वृद्धि भएर हाल ६५ रुपैयाँ पुगेको छ।

    यस्तै, आँटाको मूल्य ५ रुपैयाँले वृद्धि भएर ७५ रुपैयाँ पुगेको छ। मुरली मकैको मूल्य पनि प्रतिकिलो १० रुपैयाँले वृद्धि भएर १७० रुपैयाँ प्रतिकिलो पुगेको छ।

    मूल्य बढेको खाद्य वस्तुको विवरणः

    यी खाद्यान्नको मूल्य घट्यो:
    समीक्षा अवधिमा केही खाद्यवस्तुको मूल्य घटेको छ। मुसुर, मुंगको गेडा, काँचो तोरीको तेल, जिरा पाउडर लगायत वस्तुको मूल्य घटेको छ। संघको तथ्याङ्क अनुसार गत कार्तिकमा १७० रुपैयाँ प्रतिकिलो बिक्री भएको मुसुरो हाल १० रुपैयाँले घटेर १६५ रुपैयाँ प्रतिकिलो भएको छ। १६५ रुपैयाँ प्रतिकिलो पर्ने मुंगको गेडाको मूल्य १६० रुपैयाँमा झरेको छ। काँचो तोरीको मूल्य ३१० रुपैयाँ प्रतिलिटर बाट घटेर ३०० रुपैयाँ पुगेको छ।

    यस्तै, जिरा पाउडर प्रतिकिलो ३०० रुपैयाँले घटेर ११ सय रुपैयाँ कायम भएको छ। दैनिक प्रयोग हुने चिनीको मूल्य पनि १० रुपैयाँले घटेको छ। गत कार्तिकमा ११५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको चिनीको मूल्य हाल १०५ रुपैयाँ छ।

    कालो भटमासको मूल्य १० प्रतिकिलो रुपैयाँले घटेर २५० रुपैयाँ भएको छ। यस्तै, गत कार्तिकमा १२ सय प्रतिकिलो कारोबार भएको जिराको मूल्य ३०० ले घटेर ९०० रुपैयाँ भएको संघले उल्लेख गरेको छ।

    ज्वानोको मूल्य प्रतिकिलो ५० रुपैयाँले घटेर ४५० रुपैयाँ कायम भएको छ। गत कार्तिकमा २६० रुपैयाँ प्रतिकिलो कारोबार भएको काँचो बदामको मूल्य २५० रुपैयाँ प्रतिकिलो भएको संघले जनाएको छ।

    मूल्य घटेको खाद्यवस्तुको विवरणः