काठमाडौँ– आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटको प्रि–बजेट छलफलका लागि सोमबार प्रतिनिधि सभामा प्रस्ताव पेस हुने भएको छ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि–बजेट छलफलको कार्यतालिका पारित गरेको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रि–बजेटमाथि छलफलको प्रस्ताव सोमबार ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा पेस गर्नेछन्।
प्रतिनिधि सभाको आगामी १५ दिनको क्यालेन्डरअनुसार सोमबार प्रस्तुत हुने प्रि–बजेट छलफल प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन्। प्रि(बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गते समय निर्धारण गरिएको छ। यसबीचमा केही विधेयकहरूलाई विधायिकी प्रक्रियामा अगाडि बढाउने कार्यसूची पनि तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।