दुई लघुवित्तबिच मर्जर हुने, फागुन २४ गतेदेखि एकीकृत कारोबारमा जाने - Chaitanya News
  • 2026-06-01
  • 12:33:52
  • सोमबार,जेठ १८, २०८३
  • दुई लघुवित्तबिच मर्जर हुने, फागुन २४ गतेदेखि एकीकृत कारोबारमा जाने

    दुई लघुवित्तबिच मर्जर हुने, फागुन २४ गतेदेखि एकीकृत कारोबारमा जाने

    काठमाडौँ– सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने–गाभिने (मर्जर) हुने भएका छन्।

    दुई लघुवित्तले एकापसमा मर्जरमा जाने निर्णय गरेसँगै मर्जरका लागि गत माघ २४ गते राष्ट्र बैंकमार्फत र बुधवार धितोपत्र बोर्डमार्फत स्वीकृति पाएसँगै मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको हो।

    सामुदायिक लघुवित्त वित्तीय संस्थाको फागुन ९ गते बसेको सञ्चालक समितिको १५४औं बैठकले फागुन २४ गतेदेखि एकीकृत कारोबारमा जाने निर्णय गरेको छ।

    सोही निर्णय बमोजिम कम्पनीले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्वन्धी निर्देशिका, २०७९ को निर्देशन ९ बमोजिम मर्जर पश्चात् यस बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि एकीकृत कारोबार सुरु हुने मिति २०८० फागुन २४ देखि १५ कार्य दिनसम्म शेयर कारोबार रोक्का राख्न आग्रह गरेको हो।

    मर्जर प्रयोजनको सम्बन्धमा दुवै वित्तीय संस्थाले २०८० असोज ३० गतेको विशेष साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेका थिए।