क्यालिफोनिर्या– अमेरिकाका खर्बपति व्यापारी जेफ बेजोसले अनलाइन खुद्रा कम्पनी एमाजनको अर्का १ करोड ४० लाख कित्ता शेयर बेचेका छन्। बेचेको शेयरको मूल्य २ अर्ब ४० करोड डलर आसपास रहेको छ। पछिल्लो चरणको विक्रीसँगै गएको ९ ओटा कारोबार दिनमा कम्पनीबाट करिब ५ करोड कित्ता शेयर विक्री भएको छ। यसको मूल्य साढे ८ अर्ब डलर भएको बताइएको छ।
नोभेम्बरमा नै बेजोसले आगामी वर्षभरमा कम्पनीको ५ करोड कित्तासम्म शेयर बेच्ने घोषणा गरेका थिए। गएको वर्ष कम्पनीको शेयर मूल्य ७६ प्रतिशतले बढेको थियो। बेजोस कम्पनीको संस्थापक र कार्यकारी अध्यक्ष हुन्। उनले यस अघि सन् २०२१ मा एमाजनको शेयर बेचेका थिए। उनले बेलाबेलामा शेयर दान पनि गर्ने गरेका छन्।
मियामीबाट बेजोस गएको वर्ष सियाटल बसाई सरेका थिए। उनले बेचेको शेयरमा त्यहाँ करिब ६० करोड डलर बराबरको कर बचाउने छन्। तर संघीय करहरू भने तिर्नु पर्नेछ। बेजोस एमाजनका सबैभन्दा ठुलो शेयरधनी हुन्। ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार बेजोसको नेटवर्थ १ खर्ब ९० अर्ब डलरभन्दा धेरै छ।