तपाँईको आजको रााशिफल - Chaitanya News
  • 2026-11-18
  • 12:03:03
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ। परिवारमा सुख सन्तोष छाउला। नयाँ कामको थालनी हुनेछ।

    मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
    व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ। विद्यामा सफलता पाइनेछ। प्रेममा सम्बन्धमा मधुरता छाउनेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज विशिष्ट व्यक्तिको साथ पाइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कार्यमा सफलता पाइनेछ। राजनैतिक कार्यमा सफलता मिल्ने छ।

    तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    आज महिला वर्ग बाट विशेष सहयोग मिल्ने छ। परिश्रम गर्दा धनार्जन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ। लाभदायक यात्रा पनि होला।

    धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    आज सामाजिक क्षेत्रमा सफलता मिल्ने छ। प्रेम सम्बन्ध कसिलो हुनेछ। मनमा सहयोग भाव आउला। वैदेशिक कार्य अघि बढ्ने र लाभ हुनेछ।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
    लाभ–हानी, आय–व्यय र सुख–दुःख बराबरी मध्यम खालको दिन छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

    वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    कुनै कुराले मनमा शान्ति छाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। नसोचेको ठाउँबाट धनागमको हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज मनमा निरास र शरीरमा आलस्य आउला। मनमा अविश्वास उत्पन्न हुनेछ। प्रेममा मनमुटाव आउला। यात्रामा मालसामान हराउन पनि सक्छ।

    कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    धार्मिक कार्यमा रुचि बढ्ने छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्ने छ।

    वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज मनमा दुबिधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आर्थिक कारोबारमा मन्दी आउनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।

    मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
    धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन्। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। आत्मबल बढाएर काम गरेमा असफल वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सानातिना समस्यामा अल्झनु पर्नेछ। स्वास्थ्यमा समस्या आउला। अनावश्यक धन पनि खर्च हुनसक्छ।