निर्वाचनमा मतदान गरेपछि भोलिपल्ट नै संसदीय दलको निर्वाचनको तयारी थाल्छु थापा - Chaitanya News
  • 2026-04-22
  • 01:34:45
  • मंगलबार,बैशाख ०८, २०८३
  • निर्वाचनमा मतदान गरेपछि भोलिपल्ट नै संसदीय दलको निर्वाचनको तयारी थाल्छु थापा

    निर्वाचनमा मतदान  गरेपछि भोलिपल्ट नै संसदीय दलको निर्वाचनको तयारी थाल्छु  थापा

    काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसदमा निर्वाचित भए लगत्तै संसदीय दलको नेताको निर्वाचनको तयारी थाल्ने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेपछि थापाले कांग्रेसको संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताए।

    महामन्त्री थापाले काठमाडौं महानगरपालिका– ३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका थिए। उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर– ४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार छन्।

    मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रह गरेका थिए। उनले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताए। उनले कांग्रेस बाहेक अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने बताए।

    यो परोक्ष संकेत होइन। यो प्रत्यक्ष संकेत हो। नेपाली कांग्रेसमा विजयी सांसदबाटै संसदीय दलको नेता चुनिने हो। आजको दिनको यथार्थ के हो भने नेपाली कांग्रेस बाहेक, अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पुरा हुँदैन जस्तो लाग्छ। मैले यो घोषणा गरेको होइन अवस्था बताएको हुँ। आइहालेको अवस्थामा कांग्रेसभित्र आउने होु उनले भने, जहाँ संसदीय दलको निर्वाचन हुन्छ। जहाँ मैले मेरो दाबी प्रस्तुत गरेको छु। दाबी गरेको मात्र होइन, यहाँबाट सांसद भएर गएको भोलिपल्टबाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो। लड्ने हो, जित्ने हो। सोही आधारमा म जान्छु र ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने हो भने मेरो संकल्प हो।’

    थापाले प्रतिनिधिसभा निर्वाचन पहिल्यै प्रधानमन्त्रीको दाबी गरेका छन्। उनले आफूलाई भाबी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै अब युवाहरूले मुलुकको नेतृत्व गर्नुपर्ने धारणा राख्दै आएका छन्। उनले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरू शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गरेका थिए।