आउँदो वर्षको बजेटमा १८ खर्बको सीमा निर्धारण, १४ खर्ब राजस्व उठ्ने अनुमान - Chaitanya News
  • 2026-06-01
  • 12:34:53
  • सोमबार,जेठ १८, २०८३
  • आउँदो वर्षको बजेटमा १८ खर्बको सीमा निर्धारण, १४ खर्ब राजस्व उठ्ने अनुमान

    आउँदो वर्षको बजेटमा १८ खर्बको सीमा निर्धारण, १४ खर्ब राजस्व उठ्ने अनुमान

    काठमाडौँ– राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्ष २०८१–८२ को बजेटमा १८ खर्ब रुपैयाँको सीमा तोकेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सीमा अर्थात् सिलिङ तोकेको हो।

    आउँदो आर्थिक वर्षमा सरकारले १४ खर्ब रुपैयाँ राजस्व उठाउने, आर्थिक वृद्धिदर छ प्रतिशत हुने, मूल्यवृद्धि पाँच दशमलव पाँच प्रतिशतमा सीमित राख्ने, २१ दशमलव एक प्रतिशत राजस्व वृद्धि र चार दशमलव चार प्रतिशत आन्तरिक ऋण वृद्धिको अनुमान राखेको छ।

    यसैगरी आउँदो वर्ष दुई खर्ब १० अर्ब रुपैयाँ वैदेशिक ऋण र ५० अर्ब रुपैयाँ अनुदानको अनुमान रहेको छ। यस्तै दुई खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने अनुमान छ।

    आर्थिक वर्ष २०८२–८३ का लागि २१ खर्ब र २०८३–८४ का लागि २४ खर्ब ५५ अर्ब रुपैयाँ बराबर खर्चको सीमा निर्धारण गरिएको आयोगले जनाएको छ।