मतदान शान्तिपूर्णरुपमा भइरहेको छ : गृहमन्त्री खाँण - Chaitanya News
  • 2026-04-22
  • 01:37:28
  • मंगलबार,बैशाख ०८, २०८३
  • मतदान शान्तिपूर्णरुपमा भइरहेको छ : गृहमन्त्री खाँण

    मतदान शान्तिपूर्णरुपमा भइरहेको छ : गृहमन्त्री खाँण

    काठमाडौं-  गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन्।

    गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाँडले छिट फुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन्।

    ‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’

    रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाँणले सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।