यस्ता छन खानामा एक चिम्टी हिंग राख्दा हुने फाइदा - Chaitanya News
  • 2026-05-04
  • 08:08:43
  • सोमबार,बैशाख २१, २०८३
  • यस्ता छन खानामा एक चिम्टी हिंग राख्दा हुने फाइदा

    यस्ता छन खानामा एक चिम्टी हिंग राख्दा हुने फाइदा

    एजेन्सी– कतिपय घरमा तरकारी तथा दालहरुमा हिंगले झान्ने चलन हुन्छ। हिंग फुराउँदा स्वाद त बढाउँछ नै साथमा यसबाट स्वास्थ्यसँग जोडिएका विभिन्न लाभ पनि पाइन्छ।

    पाचन
    विशेषगरी पाचनका लागि हिंग एकदमै राम्रो मानिन्छ। खानामा हिंग राखेर खाँदा अपच तथा ग्यासको समस्याबाट राहत पाइन्छ र खाना पचाउन सजिलो हुन्छ।

    टाउको दुखाई
    हिंगमा हुने एन्टीइन्फ्लामेटरी गुणले टाउको दुखेको अवस्थामा सहयोग गर्छ। यसलाई खानामा राखेर खाँदा टाउको दुखेको तथा सुन्निएको समस्याबाट राहत पाउन सकिन्छ।

    रक्तचाप
    खानामा एक चिम्टी हिंग राखेर खाँदा पनि रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ। दैनिक रुपमा यसको प्रयोगले मुटुको स्वास्थ्य पनि राम्रो हुन्छ।

    छाला
    हिंग छालाका लागि पनि फाइदाजनक हुन्छ। हिंगमा एन्टीएजिंग गुण पाइन्छ। यसको सेवनले दागधब्बा कम हुँदै जान्छ।

    महिनावारी
    दैनिक रुपमा एक चिम्टी हिंग सेवन गरेमा महिनावारीको क्रममा हुने दुखाईबाट पनि राहत पाउन सकिन्छ। यसबाहेक हिंगले महिनावारी सम्बन्धी समस्याबाट पनि राहत दिन्छ।

    पेट दुखाई
    हिंगको सेवन गर्नाले पाचन प्रणाली राम्रो हुन्छ । यसले पेट दुख्ने तथा पेट फुल्ने समस्या पनि हुँदैन।